अर्थ

परिसूचक नेप्से ३८.८१ अंकले घट्यो



काठमाडौँ, ४ असोज । आज बजार परिसूचक नेप्से ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । नेप्से ९ मंसिर २०७७ मा १८१०.१५ अंकमा झरेको थियो भने १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो ।

त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौबाट नेप्सेमा गिरावट सुरु भएको थियो । नेप्सेको बन्द भएको बिन्दु (क्लोजिङ इन्डेक्स) २३ महिना यताकै न्यून भएपनि ‘इन्ट्रा–डे’ मा भने १० असार २०७९ मा १८०६.९५ अंकसम्म झरेको थियो ।

९ असारमा २०७९ मा १८४८.२८ अंकसम्म झरेर पुन उकालो लागेको नेप्से करिब ३ महिनापछि त्यसभन्दा तल झर्दै २३ महिना यताकै नयूनत बिन्दुमा पुगेको छ ।