राजनीति

राष्ट्रपतिको यो निर्णय इतिहासले सदैव प्रशंसा गर्नेछ : अध्यक्ष थापा



काठमाडौँ, ५ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय स्वाभाविक भएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति भण्डारीको यो निर्णयको इतिहासले सदैव प्रशंसा गर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ।राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ।संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ । राजनीतिक स्वार्थ परिपुर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलांजलि दिने सरकारको प्रयास असफल भएको छ।राजनीतिकरुपमा विवादमा पर्ला,तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय ईतिहासले सदैव प्रशंसा गर्नेछ।राजा बिरेन्द्रले समेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको सर्वविदितै छ । “