काठमाडौँ, ५ असोज । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमबारे वक्तव्य जारी गर्ने भएको छ ।
सोही विषयमा छनलफल गर्नका लागि अहिले बालुवाटारमा गठबन्धनको बैठक जारी छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वक्तव्य जारी गर्ने तयारी भइरहेको बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको प्रमाणीकरण समयसीमा सकिए पनि प्रमाणीकरण नगरेपछि गठबन्धनको बैठक बसेको हो ।










प्रतिक्रिया दिनुहोस्