सांकेतिक तस्बिर
काठमाडौँ, ५ असोज । काठमाडौँको पुतलीसडक न्युप्लाजास्थित बिजुलीको पोलमा आगलागी भएको छ ।
पुतलीसडकबाट अनामनगरतर्फ जाने सडक किनाराको पोलमा १० बजेतिर आगलागी भएको हो । महानगरको दमकलद्वारा आगो नियन्त्रणमा ल्याइएको छ । उक्त आगलागीबाट मानवीय क्षति भएको छैन । बिजुलीका तारहरु मात्रै नष्ट भएका छन ।










प्रतिक्रिया दिनुहोस्