काठमाडौँ, ५ असोज । नेकपा एमालेले सरकार डेंगु प्रकोपको फैलावट, नियन्त्रण र उपचार गर्नबाट चुकेको आरोप लगाएको छ ।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले प्रेस विज्ञप्ति जारी गरी डेंगु नियन्त्रणका लागि सरकारसँग योजना, कार्यक्रम र सक्रियता नभएको समेत आरोप लगाएको हो । विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
भट्टराईले डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्