अर्थ

जापानले नेपाललाई १६ अर्ब सहुलियतपूर्ण ऋण दिने



काठमाडौँ, ५ असोज । नेपाल सरकार र जापानबीच तराई सिंचाई र शहरी प्रशारण प्रणाली सुधारका दुई सम्झौतामा हस्ताक्षर भएको छ ।

पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब २ अर्ब रुपैयाँ) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.१ करोड (करिब १४.२ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्वन्धी दुई छुट्टाछुट्टै सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको हो ।

अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिँचाइ सुविधाका लागि चन्द्र नहर सिँचाइ प्रणालीको मर्मत सम्भार एवम् सुधारका लागि प्रयोग गरिनेछ ।