विश्व

रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको निर्लज्ज उल्लङ्घन गर्‍याे : बाइडेन



एजेन्सी, ६ असोज । रुसले निर्लज्ज रूपमा संयुक्त राष्ट्रसंघको मूल सिद्धान्तको उल्लङ्घन गरको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा क्रुर र अनावश्यक युद्ध गर्दै रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लङ्घन गरेको आरोप लगाएका हुन् ।

उनले रुसी आक्रमणको निन्दा गर्दै रुसले युक्रेनमा सर्वसाधारणमाथि गरेको अत्याचार डरलाग्दो भएको उल्लेख गरे । बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने भन्दै दिएको धम्की गैरजिम्मेवारपूर्ण भएको बताएका छन् ।