अर्थ

दशैँका लागि तीन सय सुविधाजनक बस थप्दै व्यवसायी



काठमाडौँ, ६ असोज । यातायात व्यवसायीले दशैँका लागि तीन सय नयाँ बस थप्ने भएका छन् ।

व्यवसायीले दशैँका लागि एसी सुविधा भएका डिलक्स बस थप्न लागेका हुन् । थपिएका यी बस काठमाडौँ हुँदै लामो दूरीमा चल्ने छन् । यस्तै, केही बस भने पूर्व पश्चिम चल्ने छन् ।

दशैँका लागि थपिएका तीन सय नयाँ बस देशभर चल्ने यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । विशेषगरी यात्रुको बढी चाप भएका ठाउँमा थपिएका बस चलाउने छ ।

गएको १ गतेदेखि अग्रिम टिकट बुकिङ खुलेको हो । दशैँमा २० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान छ ।