अर्थ

नेप्से परिसूचक ओरालो लाग्यो



काठमाडौँ, ६ असोज । बजार मापक नेप्से परिसूचक आज ९.८४ अंक घटेले ओरालो लागेको छ ।

गत कारोबार दिनको तुलनामा ०.५३ प्रतिशत घटेर नेप्से १८३८.९६ विन्दुमा कायम भएको छ । त्यस्तै, ६५ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज ७२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज ६ करोड ५५ लाख रुपैयाँ घटेर कारोबार भएको हो । कारोबारमा आएका २२९ धितोपत्रको २५ लाख ४२ हजार ८९९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

गत कारोबार दिन सर्वाधिक सेयर मूल्य भएको साम्लिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य नै आज पनि सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत वृद्धि भएर ५३१.१० कायम भएको छ । त्यस्तै, आज तीन वटा ऋणपत्रको मूल्य भने सर्वाधिक घटेको छ । सर्वाधिक मूल्य घटेनेमा १०% प्रभु बैंक डिभेञ्चर २०८४, गरिमा डिभेञ्चर, २०८५ र सेन्चुरी डिभञ्चर २०८८ को मूल्य बढी घटेको छ ।

१०% प्रभु बैंक डिभेञ्चर २०८४ को मूल्य ९.९३ प्रतिशत घटेर ९.८ रुपैयाँ कायम भएको छ । त्यसैगरी गरिमा डिभेञ्चर २०८५ को ९.९० घटेर ९०१ रुपैयाँ कायम भएको छ भने सेञ्चुरी डिभेञ्चर २०८८ को मूल्य ५.८६ प्रतिशत घटेर ९४१ रुपैयाँ कायम भएको छ ।