समाचार

भीमफेदी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो



काठमाडौँ, ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा भएको मिनिबस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

काठमाडौँबाट हेटौँडाका लागि छुटेको बा.३ ख ७८५८ को मिनिबस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने घाइतेहरूलाई हेटौँ पठाइएको छ ।

सामान्य घाइते भएका एकजना यात्रुले बसमा ३१ जना सवार रहेको बताएको छ । ती यात्रु क्याबिनमा बसेका थिए । उनले बढी यात्रुका कारण दुर्घटना भएको बताएको छ ।