काठमाडौँ, ७ असोज । प्रहरीले सुनका गरगहना चोरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्