काठमाडौँ, ८ असोज । नेपाल निजामती कर्मचारी सङ्गठन शिक्षा विभागीय कार्यसमितिले संगठनले अभिभावकत्व ग्रहण गरेका चार जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
शुक्रबार विभागीय कार्य समितिले एक औपचारिक कार्यक्रम गरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. १ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत प्रतिमा दर्जी, प्रिया लामा, प्रविण दर्जी, र सञ्जय राईलाई पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेको हो । शैक्षिक सामाग्री तथा पोशाक हस्तान्तरण गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सङ्गठनले अभिभावकत्व ग्रहण गरेका बालबालिका प्रतिको सहयोगको निरन्तरताको कामना गर्नुभयो ।
उहाँले बालबालिकाले गरेको अध्ययनको सम्बन्धित विद्यालय, अभिभावक र अभिभावकत्व ग्रहण गरेको संगठनले निरन्तर अनुगमन गर्न सुझाव दिनुभयो । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइलालाले सङ्गठनका हरेक विभागिय कार्य समितिलाई कुनै न कुनै रचानात्मक कार्यक्रम गरेर उदाहरणीय बन्न आग्रह गर्नुभयो । संगठनका उपाध्यक्ष भवानी दाहालले संगठनले अभिभावकत्व ग्रहण गरेका बालबालिका भविष्यमा कुशल राष्ट्रसेवक बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।










प्रतिक्रिया दिनुहोस्