विश्व

मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु



एजेन्सी, ८ असोज । मक्सिकोको एक औद्योगिक क्षेत्रको पोखरी हलमा सशस्त्र आक्रमणकारीले १० जना मानिसको हत्या गरेका छन् ।

गुआनाजुआटो राज्यको तारिमोरो नगरपालिकामा उक्त नरसंहार भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ । घटनास्थलमा नौ पुरुषको शव फेला परेको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

गुआनाजुआटोका गभर्नर डिएगो सिन्ह्यु रोड्रिग्वेजले उक्त घटनलाई ‘कायर पूर्ण आक्रमण’ भनेका छन् र व्यवस्था पुनःस्थापित गर्ने वाचा गरेका छन् । सान्ता रोजा डे लिमा र जालिस्को न्यू जेनेरेसन कार्टेल नामक दुई समूहबीचको विवादका कारण गुआनाजुआटो मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्य बनेको छ ।