दाङ, ९ असोज । दाङमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार १ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ५९ वर्षका शालिकराम वलीको गएराति मृत्यु भएको हो ।
घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्