अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १० असोज । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला स्थिर रह्दै प्रतितोला ९१ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।