राजनीति

उपप्रमुख डंगोलद्वारा महानगरको पर्व लक्षित बजार अनुगमन



काठमाडौँ, ११ असोज । काठमाडौँ महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।

महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो ।

अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ ।