Banner News

नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हरायो



काठमाडौँ, ११ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा अन्जन विष्टको ह्याट्रिकको मदतमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।

नेपालका लागि सबै गोल अन्जनले गरे । नेपालले १८औं मिनेटमा अञ्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिकमा अञ्जनले हेडर गोल गरे ।