Banner News

सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै



काठमाडौँ, १२ असोज । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकमा सात वटै प्रदेशको सिट बाँडफाँट टुंगो लगाउने बताइएको छ । मंगलबार बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो ।

०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । सातै प्रदेशमा सबै दलले आफ्नो दाबी राखेको छ ।