अर्थ

खाद्यले आजबाट खसीबोका बिक्री गर्दै



काठमाडौं, १२ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ ।

बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो केही कम हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडालगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं भित्र्याइसकेको छ ।

कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भनेको भए पनि ५०० च्याङ्ग्रा बिक्री गर्ने भएको छ । कम्पनीले आजदेखि दुई हजार खसीबोका र ५०० च्याङ्ग्रा काठमाडौं उपत्यकामा बिक्री गर्ने भएको हो । ती खसीबोका र च्याङ्ग्रा काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ल्याइएको छ ।