विश्व

युगान्डामा इबोला संक्रमणबाट ५ जनाको मृत्यु



एजेन्सी, १२ असोज । अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूएचओको भनाइ छ । मध्य युगान्डाका तीन जिल्लाहरुमा मृत्यु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो । डब्ल्यूएचओले युगान्डामा २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप भएको बताएको छ ।