बाँके, १२ असोज । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका १५ भन्सार गेटको ब्यारेलमा गएराति मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे अनियन्त्रित भइ भन्सार गेटको ब्यारेलमा ठोक्किदा भारतीय नागरिक ३२ वर्षीय सन्दिप कुमार साहुको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय पृथ्बी राजपुलको सोही अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्