समाचार

चट्याङ लागेर दुई जनाकाे मृत्यु



सुनसरी, १२ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज बुधवार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

सुनसरीका प्रहरीका अनुसार भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चट्याङ लागेर देवानगञ्ज वडा नम्बर १ की ४५ वर्षीया रीतादेवी यादवको मृत्यु भ्येको हो भने वडा नम्बर २ का उदितचन्द्र यादवको घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर मृत्यु भएको हो ।