समाचार

आजको मौसम



काठमाडौँ, १३ असोज । आज बिहान प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश–१ लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने विभागको भनाइ छ । प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । प्रदेश–१ र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।