राजनीति

चाडवाडअगाडि विदेशिने तीन दशककै बढी



काठमाडौँ, १३ असोज । रोजगारी खोज्दै विदेश जाने नेपाल श्रमिकको संख्या भदौमा हालसम्मकै उच्च देखिएको छ ।

वैदेशिक रोजगारीको इतिहासमा चालू आर्थिक वर्षको भदौ महिनामा ७६ हजार ४ सय ३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रमस्वीकृति लिएका छन् । यो संख्या गत आवको मंसिरको तुलनामा २ हजार ४९ बढी हो ।

लकडाउनउता गत वर्षको मंसिरमा ७४ हजारको श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसियामा नेपाली श्रमिकको सेवा सुविधा वृद्धि भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख वृद्धि भएको बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।