समाचार

दसैंको मुखमा चामल बिक्री बन्द



सुर्खेत, १३ असोज । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ ।

चामल नभएको भन्दै सुर्खेतमा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।

जिल्लाका अरू डिपो र बिक्री केन्द्रका गोदाम पनि गत असारयता खाली छन् । कर्णालीका अन्य ७ जिल्लामा भने सहुलियत मूल्यका पसल सञ्चालन गरी चामल विक्री भइरहेको छ ।