राजनीति

मेयर शाहद्वारा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक



काठमाडौँ, १३ असोज । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद — २०७९ को ट्रफी सार्वजनिक गरेका छन् ।

ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको आयोजनामा प्रमुख शाहले ट्रफी सार्वजनिक गरेका हुन् । सरकारले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ् ट्रफी निर्माण गरेको हो ।

यसको पहिलो सार्वजनिक भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । १० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । यसमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ ।