राजनीति

एमालेको चियापान कार्यक्रममा कमल थापा सहभागी



मकवानपुर, १३ असोज । दसैँतिहार लगायतका चाडपर्वको सन्दर्भ पारेर नेकपा एमाले मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा सहभागी भएका छन ।

एमाले मकवानपुरले आज बिहान आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाको उपस्थित रहेको थियो । हेटौंडा–५, सानोपोखरास्थित एमाले मकवानपुरको पार्टी कार्यालय पुगेका थापाले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलगायतसँग चुनाव केन्द्रित भएर छलफलसमेत गरेका थिए ।