राजनीति

मोरङमा टुङ्गियो भागबण्डा



काठमाडौँ, १३ असोज । सत्ता गठबन्धनका प्रमुख चार दलबीच मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा कांग्रेसलाई र २ वटा माओवादीलाई दिनेगरी लगभग सहमति जुटेको नेताहरुले बताएका छन् ।

कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूका अनुसार आसन्न प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनबीच भागबण्डाका क्रममा मोरङको ६ वटै क्षेत्रबारे सहमति भइसकेको ।

उनका अनुसार ०७४ सालको निर्वाचनमा जसले जितेको क्षेत्र हो, उसैलाई दिने सैद्धान्तिक सहमति भएअनुसार नै मोरङमा सहज रुपमा भागडण्डा टुङ्गिएको हो । यसअघि माओवादीले जितेको क्षेत्र नम्बर ४ र ५ उसैले पाउने लगभग सहमति भएको छ भने बाँकी ४ वटा निर्वाचन क्षेत्र कांग्रेसको भागमा पर्छ ।