काठमाडौँ, १४ असोज । नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गा मध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपीठमा आज दुर्गाको स्कन्दमाता स्वरूपको पूजा गरिन्छ ।
स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो । स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरूपको भगवान कुमार र एउटा हात आशीर्वाद मुद्रामा रहेको छ ।
स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ । यस स्वरूपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले सांसारिक पाप तथा कष्टबाट छुट्करा मिल्ने विश्वास छ ।










प्रतिक्रिया दिनुहोस्