राजनीति

निर्यात विभाग स्थापनाको माग



काठमाडौँ, १४ असोज । निजी क्षेत्रले नेपालको निर्यात प्रवर्द्धन हाल भएका निकायबाट हुन नसक्ने ठहर गर्दै संयन्त्र निर्माणको माग गरेको छ ।

हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातसम्बन्धी नीति निर्माण तथा सहजीकरण गर्दै आइरहे पनि त्यो पर्याप्त नभएको भन्दै निजी क्षेत्रले छुट्टै विभाग गठनको माग गरेको हो ।

‘निकासी प्रवर्द्धनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतमा निर्यात विभाग गठन गर्नुपर्ने आवश्यकता देखिएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघले निर्यात प्रवर्द्धन समितिका सभापति मनिषलाल प्रदानले भने, ‘हामीले निर्यातसम्बन्धी विभिन्न वस्तुगत संघहरू तथा संरचनाबाट अघि बढ्न सक्ने अवस्था देखिएन त्यसैले निर्यातमै केन्द्रित हुने नयाँ संरचना गठनको माग गरेका छौं ।’

सरकारले निकासी प्रवर्द्धनमा सहजीकरणका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र स्थापना गरे पनि यसलाई कार्यकारी अधिकार नहुँदा छुट्टै निकायको आवश्यकता महसुस भएको सभापति प्रधान बताउँछन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।