काठमाडौँ,१२ जेठ। मतगणना कार्य अन्तिम चरणमा पुग्दा काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता लिरहेकछन् । पछिल्लो मतपरिणाम अनुसार शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन्।
३२ वडा रहेको काठमाडौं महानगरमा २५ वडाको नतिजा सार्वजनिक भइसक्दा प्रमुख पदमा एमाले पहिलो र दोस्रोमा प्रमुख पदका उम्मेदवार काँग्रेसका राजुराज जोशीले ३८ हजार ७३८ मत प्राप्त गरेका छन् ।
विवेकशील नेपाल कार्टीकी रञ्जु दर्शनाले २० हजार १९५ मत प्राप्त गरेकि छिन् भने साझा पार्टीका किशोर थापाले १५ हजार ६८९ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डङ्गोलले ६ हजार ३९८ प्राप्त गरेका छन्।
त्यसैगरी, उपप्रमुख पदका लागि काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले अग्रता कायम गरिरहेकिछिन् । उनले हालसम्ममा ५० हजार ३८५, राप्रपाका राजाराम श्रेष्ठले २९ हजार ८२९, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५६३, साझा पार्टीका निरुपमा यादवले नौ हजार ९७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।
एक लाख ७२ हजार ६८३ मत खसेकोमा हालसम्म एकलाख ६७ हजार १४१ मत गणना भइसकेको छ । अहिलेसम्म १४ वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्