समाचार

धामी बस्न हिँडेका युवक मृत फेला



मोरङ, १४ असोज । जिल्लाको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव बिहीबार साँझ घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका थिए ।

आज विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनको शव फेला परेको हो । मृतकको पेटमा ठूलो चोट छ । स्थानीयले भने पेटमा छुरा प्रहार गरी हत्या भएको दाबी गरेका छन् । घटना शंकास्पद भएकाले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अघि बढाएको छ ।