मनोरञ्जन

अमिताभ बच्चनको जन्मदिनमा भारतका १७ सहरमा फेस्टिभल, ११ फिल्म देखाइने



काठमाडौँ, १५ असोज । आगामी अक्टोबर ११ मा बलिउड महानायक अमिताभ बच्चनको ८० औं जन्मदिन मनाइँदैछ ।

उनको बर्थडे मनाउन अक्टोबरमा फिल्म फेस्टिभलको आयोजना गरिएको छ । द फिल्म हेरिटेज फाउन्डेसनले अक्टोबर ८ देखि ११ सम्म चार दिन लामो फेस्टिभल आयोजना गरेको छ ।

यस्तै पीभीआर सिनेमाको १७ स्थानमा रहेका २२ पर्दामा अमिताभले अभिनय गरेका ११ चर्चित फिल्म प्रदर्शन गरिने भएको छ । जसमा डन, कालापत्थर, कालिया, कभी कभी, अमर अकबर एन्थोनी, नमक हलाल, अभिमान, दिवार, मिली, सट्टे पे सट्टा र चुप्के फिल्म समेत देखाइने भएको छ ।