मनोरञ्जन

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्य मनोनित



काठमाडौँ, १५ असोज । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।

थापालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेको राप्रपाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।