भक्तपुर, १५ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचन पछि अधुरा रहेका योजनालाई कार्यान्वयन गर्ने र जिल्लामा नै रोजगारी सिर्जना गर्ने कार्यको पहिलो प्राथमिकता हुने बताउनुभउको छ ।
आज नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ४ ले आजोजना गरेको नेपाली चाडवर्पहरु विजया दशमी, दिपावली, नेपाल सम्वत्, छठलगायतका पर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले विकास र समृद्धिको महत्वपूर्ण भौतिक आधारहरु तयार गरिसकेको उल्लेख गर्नुभयो । भौतिक विकासले मात्र जनताको चाहना पुरा हुन नसक्ने उल्लेख गर्दै उहाँले अबको पाँच वर्ष अधुरा आयोजनालाई सम्पन्न गर्दै औद्योगिक क्षेत्रको विकास र विस्तार गरी जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको वातावरण सिर्जना गर्ने अभियान चलाउने प्रतिवद्धता जनाउनुभयो । अघिल्लो करिव साढे चार वर्षमा भक्तपुरका चारै तर्फबाट हेर्दा विकास नै विकास भएको देखिने बनाएको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यकामा प्लेन तथा हेलिकप्टर यात्रा गरी हेर्दा समेत छुट्टिने गरी विकासको लहर आएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचन पछि चालु आयोजनाहरुलाई सम्पन्न गराउने प्रतिवद्धता जनाउनुभयो । जिल्लामा एमालेको नेतृत्वले जनताको न्युनतम आवश्यता पर्ने विकास करिव पुरा भएको उल्लेख गर्दै उहाँले आगामी पाँच वर्ष जनताको जीवनमा खुसी ल्याउने गरी योजनावद्ध रुपमा अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमालेको नेतृत्वका जनप्रतिनिधिले विगतका करिव साढे चार वर्षमा भक्तपुरलाई पूर्व, पश्चिम, उत्तर तथा दक्षिणका चारै दिशाबाट हेर्दा विकास नै विकास भएको देखिने भएको छ । अबको मंसिर ४ गते सम्पन्न हुने संघीय तथा प्रदेशको निर्वाचनपछि पुनः एमालेले नेतृत्व गरेपछि विगतमा चालु रहेका तथा अधुरा रहेका सम्पूर्ण ठूला तथा साना आयोजनाहरुको निर्माण सम्पन्न हुनेछन् । थप जनताको चाहना र आवश्यकता अनुसार विकास गर्न जनताले योजना ल्याउनुस््, नगरपालिकामा निवेदन दिनुस्, शतप्रतिशत कार्यान्वयन हामी गर्नेछौं । जनताले अपेक्षा गरे भन्दा बढी विकास र समृद्धिका कामहरु गर्नेछौं । नेपालको नमुना जिल्लाको रुपमा अध्ययन गर्ने क्षेत्रको रुपमा विकास गर्नेछौं । विगतमा रहेका अधुरा कामहरुलाई पुरा गर्दै अबको पाँच वर्ष हाम्रो प्राथमिकता रोजगारी सिर्जना गर्ने तथा व्यापक मात्रामा औद्योगिक विकास गर्ने हुनेछ । जसले गर्दा जनताको आर्थिक समृद्धि आउनेछ । रोजगारीको लागि विदेशीनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’
गठबन्धन सरकारले जनताको हितमा काम गर्ने कुनै पनि सम्भावना नरहेको उदाहरण प्रस्तुत गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले पाँच दलीय गठबन्धन बनेसँगै जिल्लामा एमाले नेतृत्व गरेका असंख्य योजनाहरुको बजेट कटौती गरेको बताउनुभयो । विकासलाई जनताबाट टाढा राख्ने नियत कांग्रेस, माओवादीलगायतका गठबन्धनका दलहरुको रहेको उल्लेख गर्दै नेता बस्नेतले एमाले मात्रै विकासको पर्यायवाची नाम भएको दावी गर्नुभयो । कांग्रेस लगायतका केही विरोधी तत्वहरुले हुनमन्ते करिडोर बनाउँदा महेश बस्नेतको नाममा जग्गा जमिन रहेको भनि कुप्रचार गरेको भन्दै उहाँले आफ्नो नाममा हनुमन्ते करिडोर क्षेत्रमा जग्गा जमिन रहेको प्रमाणीत गरे प्रमाणित गर्ने व्यक्तिलाई तत्तकालै नामसारी गरिदिने उद्घोष समेत गर्नेभयो । गलत प्रचारको पछि नलाग्न जनतालाई आग्रह गर्दै नेता बस्नेतले आफु गलत प्रमाणीत भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हनुमन्ते करिडोर क्षेत्रमा महेश बस्नेतको जग्गा जमिन कमिशनमा ल्याएको छ भनि कांग्रेसका केही साथीहरुले कुप्रचार गर्नुभएको छ । उक्त क्षेत्रमा मेरो नाममा जग्गा जमिन भएको प्रमाणीत गर्नुस्, म तत्ताकै प्रमाणीत गर्नेकै नाममा नामसारी गरिदिन्छु । भ्रष्टाचार गर्दिन भन्ने मेरो दृढ अठोटलाई कसैले राजनीति विढो थाम्नको लागि झुटा हल्ला गर्छ भने कांग्रेसका साथीहरु एक एक गरेर आनुस, तपाईका नेताहरुको भ्रष्टाचार, कमिशन, दलालीको हिसाव किताब म गरेर देखाउँछु । एउटा तरवार राखौं, मैले भ्रष्टाचार गरेको प्रमाणीत गर्नुभयो भने म तरवारले काटिन तयार छु, यदी आरोप लगाउनेले प्रमाणीत गर्न सक्नुभएन भने तपाई काटिन तयार हुनुहुन्छ ? हिम्मत छ भने काटिन र काट्न तयार भएर खुल्ला मैदानमा आउनुस्, म त जुनसुकै समय पनि तयार छु ।’
भक्तपुरमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा ल्याएका अरवौं रकमहरु गठबन्धन सरकारले काटेर जनताको विकास र समृद्धिको सपना चकनाचुर बनाउने कार्य गरेको भन्दै उहाँले आक्रोस जनाउनुभयो । आगामी मंसिर पछि एमालेको नेतृत्वमा सरकार बन्ने दावी गर्दै उहाँले एमालेको सरकार बनेसँगै भक्तपुरलाई सिंहदरवारसँग सहजै जोड्ने पुलको रुपमा आफुले जनपक्षिय कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । जनस्तरदेखी राष्ट्रिय स्तरसम्म भक्तपुरको पहुँच स्थापीत गराउने एमालेमात्र भएको उल्लेख गर्दै अबका दिनमा भक्तपुरमा एमालेले नेतृत्व गरेसँगै राष्ट्रिय राजनीतिको केन्द्र समेत बन्ने दावी गर्नुभयो । कार्यक्रममा एमाले वागमती प्रदेशका सदस्य शसी जंग थापा, राजेन्द्र राजथला, समाजसेवी तथा एमालेका युवा नेता किरण थापा, चन्दनकृष्ण श्रेष्ठ, अनेमसंघ भक्तपुर अध्यक्ष उत्तरा नेपाल, एमाले जिल्ला सदस्य सहदेव न्यौपाने, एमाले सूर्यविनायक नगर अध्यक्ष रविन्द्र सापकोटा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्