काठमाडौँ, १५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा तथा सुविधार निरन्तर रुपमा भइरहने बताउनुभएको छ ।
३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शनिबार शुभकामना दिँदै उहाँले जेष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गर्नुभयो ।
ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिइ उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले जेष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुर्व्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उनीहरूलाई भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्