काठमाडौँ, १५ असोज । निर्वाचन आयोगले असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ ।
आयोगले असोज २३ गतेदेखि २६ गतेसम्म मनोनयन दर्ता गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम तय गरेको हाे । आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ देखि २६ सम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता असोज २३ र उम्मेदवारलाई निर्वाचन चिह्न असोज २६ मा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
आयोगले मनोनयन पत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार धरौटी जम्मा गर्नुपर्ने बताएको छ । आयोगका अनुसार महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट दिइने भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्