काठमाडौँ, १८ असोज । डेङ्गुका संक्रमितको संख्या ३१ हजार नाघेको छ । डेङ्गुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्