काठमाडौँ, २१ असोज । काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
काठमाडौँ प्रहरी परिसरका अनुसार रेक्की ध्यान केन्द्र पुरिँदा तीनजनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनीहरूको डेढ वर्षको बच्चा रहेको छ ।
गएराति साढे १ बजे पहिरोले एक तले ध्यान केन्द्र पुरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्