काठमाडौँ, २१ असोज । एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जनता समाजवादी पार्टी(जसपा)सँग आजै सहमति हुने दावी गरेका छन् ।
उनका अनुसार मिलाउन बाँकी विषयलाई आजै टुंगो लगाउने गरी शीर्ष तहमा छलफल हुनेछ । गठबन्धनमा सिट बाँडफाँडको छलफल चलिरहेका बेला जसपा अध्यक्ष यादवले हिजोदेखि एमालेसँग पनि चुनावी तालमेल गर्ने कुराकानी अघि बढाएका थिए ।
जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबारको बैठकमा पनि केही समय मात्र सहभागी भएका थिए । यादवले दोश्रो तहका नेतालाई बैठकमा छोडेर एमाले नेताहरुसँग छलफल गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्