काठमाडौँ, २१ असोज । गंगा सत्गौवा थारूले दाङ क्षेत्र नं १ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छन् ।
उनले सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै आफु स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’
यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा सत्गौवा दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्