समाचार

लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता



लमजुङ, २२ असोज । दसैंको समयमा लमजुङको मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार सँगै गएका ५ जनामध्ये ३ जना भेडी गोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन ।लमजुङको बेंसीशहर नगरपालिका १०, साँधुका २६ वर्षीय दयासागर योन्जनको मृत्यु भएको हो ।

उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन छन् । उनीहरूको खोजी कार्यमा जुटेका प्रहरीका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमान्‌को मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य ३ जनाले बताएका छन् । शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करीब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको बताइएको छ ।