काठमाडौँ, २३ असोज । प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिकास्थित परोपकार सडक खण्डमा मापसे चेक गर्न खोज्दा ५ सय दिन खोजेको आरोपमा पक्राउ पर्नेमा रौतहट घर भएका वीरेन्द्र शाह छन् ।
प्र–३–०३–०१४ प ४८९७ नम्बरको मोटरसाइकलमा पछाडी बसेका शाहले ट्राफिक प्रहरी नायव निरिक्षक वीरेन्द्र रायमाझीलाई ५ सय नगद दिन खोजेका हुन् । आरोपीलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागी प्रहरी वृत जनसेवामा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्