राजनीति

रोकिएको मतगणना तीन घन्टापछि सुरु



चितवन, १३ जेठ । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६ः ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ ।

भरतपुर महानगरपालिका–१७ को मतगणनाका क्रममा एक सय २४ मतपत्र अर्धकट्टीसहित भेटिएको थियो । फर्जी मतपत्र भएको हुन सक्ने जनाउँदै दलहरुले विरोध गरेपछि मतगणना रोकिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो ।

पछिल्लो मतगणनामा नेकपा ९एमाले०का देवीप्रसाद ज्ञवाली अगाडि हुनुहुन्छ । उहाँले ३७ हजार एक सय १८ र नेकपा९माओवादी केन्द्र०की रेणु दाहालले ३५ हजार पाँच सय १८ मत प्राप्त गर्नुभएको छ । महानगरका पाँच वटा वडा मतगणना गर्न बाँकीे छ । हालसम्म १३ वटा वडामा एमाले, सात वटा वडामा नेपाली काँग्रेस र तीन वटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ ।