समाचार

मोटरसाइकल पोलमा ठोक्किँदा चालकको मृत्यु



धनुषा, २६ असोज । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्हीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् ।

प्रहरीका अनुसार हिजो साँझ करिब ५ बजे ज११प ७५८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकछेउमा रहेको पोलमा ठोक्किदा स्थानीय २३ वर्षीय रामनारायण ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।