काठमाडौँ, २६ असोज । सत्तारुढ गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई भोलिसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता गर्ने समय आजका लागि निर्धारण गरेको थियो । बुधवार बसेको गठबन्धनको बैठकले आयोगको निर्धारित समयभित्र पनि उम्मेदवारी फिर्ता नगर्ने उम्मेदवारलाई भोलिसम्मको लागि समय दिएको बैठकमा सहभागी एक नेताले बताए ।
उनका अनुसार भोलिसम्म स्वैच्छिक रूपमा बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नुपर्ने छ । यदि बागी उम्मेदवारी फिर्ता नगरेमा आ आफ्नो पार्टीका बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने छ ।










प्रतिक्रिया दिनुहोस्