समाचार

मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु



ललितपुर, २९ असोज । ललितपुरको लुभुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान करिब २ बजे महालक्ष्मी नगरपालिका-८ लुभु चौतारामा मोटरसाइकल दुर्घटना हुँदा
सर्लाही घर भई लुभु बस्दै आएका २६ वर्षीय मोहन बाबु खत्रीको मृत्यु भएको हो ।

बा ९३ प ८९० नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई घरको पर्खालमा ठक्कर खाँदा खत्री गम्भीर घाइते भएका थिए ।
उपचारको लागि उनलाई इमाडोलको किष्ट अस्पताल लगिएको थियो । उनको अस्पताल नपुग्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।