स्याङ्जा, २९ असोज । जिल्लाको वालिङ नगरपालिका-१ सिसौघारीस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा २६ असोज दिउँसो करिब साढे ४ बजेतिर बेपत्ता भएका थिए । घटनाबारे घटनास्थलभन्दा एक सय मिटर तल करिब १५ फिट गहिराइबाट उनको शव फेला परेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्