Banner News

सत्यमोहनको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति भण्डारी



काठमाडौँ, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् ।

आज ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’

वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ । उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !

— Bidya Devi Bhandari (@PresidentofNP) October 16, 2022