काठमाडौँ, ३० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीका योगदानलाई राज्यले सधैं सम्झिइरहने बताएका छन् ।
जोशीको निधनको खबरले आफूलाई दु:खी बनाएको देउवाले आज ट्वीट गर्दै भनेका छन्, ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ,’ ‘उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’










प्रतिक्रिया दिनुहोस्